काठमाडौँ । नेपाली महिला फुटबल टिमले फिफाको वरीयतामा पाँच स्थानको सुधार गरेको छ।
फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा, नेपालले पाँच स्थानको सुधार गर्दै १०० स्थानमा उक्लिएको हो।पहिलोपटक नेपाली महिला टिम फिफा वरीयतामा १०५ औ स्थानमा रहेको थियो।नेपालको फिफा वरीयतामा, अहिलेसम्मको सबैभन्दा राम्रो वरियता २०१७ मा ९१ औ स्थानसम्म रहेको थियो।

त्यस्तै, अहिलेसम्मको सबैभन्दा खराब वरियता २०१५ मा ११९ औं स्थानसम्म झरेको थियो। हाल, नेपाली महिला टिमले साउदी अरेबियामा सम्पन्न वाफ च्याम्पियनसिपमा फाइनलसम्म पुगेर गरेको उत्कृष्ट प्रदर्शनपछि फिफा वरीयतामा सुधार आएको हो।फिफा वरीयतामा, भारतीय महिला फुटबल टिम ६६ औ स्थानमा रहेको छ।
शिर्ष स्थानमा, स्पेन रहेको छ, जबकि दुई स्थानको सुधार गर्दै इङ्ल्याण्ड दोस्रो र फ्रान्स तेस्रो स्थानमा उक्लिएको छ। अमेरिका, जो दोस्रो स्थानमा थियो, अब चौथो स्थानमा झरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार