Listen LIVE

दिल्लीको एक होटलमा आगलागी, १८ जनाको मृत्यु

दिल्ली : भारतको दक्षिण दिल्लीको मालवीय नगरस्थित एक होटलमा आगलागी भएको छ।

बुधबार त्यहाँस्थित 'लेमन ग्रीन रेस्टुरेन्ट'मा भएको आगलागीमा परेर १८ जनाको मृत्यु भएको दिल्ली प्रहरीलाई उदृत गर्दै द इन्डियन एक्सप्रेसले जनाएको छ।

आगलागीमा परेर ३७ जना घाइते भएका छन्। उनीहरूलाई घटनास्थलबाट उद्धार गरी अस्पताल पठाइएको जनाइएको छ।

स्रोतहरूका अनुसार त्यहाँ अफ्रिकी मुलुकहरूका केही नागरिकहरू पनि बसिरहेका थिए। आगलागीको वास्तविक कारण भने अझै खुलेको छैन।

यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ राहत प्रदान गरिने जनाएका छन्।

प्रतिक्रिया