नेपालगञ्ज : बाघले आक्रमण गर्दा बाँकेमा एकजनाको मृत्यु भएको छ । बाँकेको ढकेरीमा बाघको आक्रमणबाट एक पुरुषको ज्यान गएको हो ।
मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीस्थित गुरुवागाउ नमुना टोलका ४० बर्षिय इन्द्रबहादुर खत्री रहेका छन् ।
शुक्रबार अन्दाजी ९ बजेतिर रिम्ना समुदायक वन भित्र घाँस काट्न गएका खत्री साँझ ७ बजेसम्म पनि घर नफर्केपछि स्थानीयबासीले खोजी गरेका थिए । स्थानीयले खोजीका क्रममा राती ९ बजेतिर बाघले आक्रमण गरेको अवस्थामा खत्रीको शव फेला पारेका थिए ।
जंगली जनावरले पटक–पटक आक्रमण गर्दा पनि बाँके निकुञ्जले रोकथामका लागि कुनै पहल नगरेको स्थानीयहरुले आरोप लगाएका छन् ।
2025-10-25
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार