दाङ : पश्चिम तराईका किसानहरू खाना पकाउन गुइँठा भण्डारण गर्न थालेका छन् । विशेषगरी वर्षाको समयमा दाउरा अभाव हुनेभएकाले किसानहरू अहिलेदेखि दाउराको विकल्पका रूपमा गुइँठा बनाउने गर्दछन् ।
दङ्गीशरण गाउँपालिका–३ का सुर्मानी चौधरीले दाउराको विकल्पमा गुइँठा प्रयोग गर्ने गरेको बताइन् । “वर्षाको समयमा दाउरा अभाव हुन्छ”, उनले भनिन, “खेतिपातीको समयमा दाउरा खोज्न पनि सकिँदैन, त्यसैले अहिलेदेखि गुइँठा बनाएर राख्छौ ।” दाउराभन्दा पनि राम्रो आगो बल्ने भएकाले दाउराको विकल्पमा धेरैले गुइँठा प्रयोग गर्ने गरेको उनले जानकारी दिइन् ।
उका अनुसार पश्चिम तराईको अधिकांस किसानहरूले भान्सामा गुइँठाको आगो बाल्ने गर्दछन् । कोही गुइँठा बनाएर पनि बेच्ने गरेको चौधरीले बताउनुभयो । किसानले मङ्सिर महिनादेखि गुइँठा बनाउने गरेको उनले जानकारी दिइन् ।
“मङ्सिरदेखि चैतको पहिलो सातासम्म बनाएको गुइँठा राम्रो हुन्छ, उनले भनिन, “गुइँठा बनाउने सिजन चिसो मौसममा राम्रो हुन्छ ।” जाडो समयमा बनाएको गुइँठा दाउराभन्दा अझ राम्रो हुन्छ, उनले भनिन् । भैँसीको गोबरभन्दा गाईगोरुको गोबरको गुइँठा तेजिलो हुने कृषकको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार