दाङ : दाङको दङ्गीशरण –३ स्थित माया खोलाको ढिकमा किसानहरूले रोपेको खुर्सानी लटरम्म फलेको छ । दङ्गीशरण वडा नम्बर ३ हेकुलीकी सुरमानी चौधरीले माया खोलाको ढिकमा रहेको ऐलानी जग्गामा लटरम्म खुर्सानी फलाएमी हुन् ।
वर्षातको समयमा उक्त जग्गा खोलाले डुबान गर्ने भएकाले हिउँदको समयमा खुर्सानी रोप्ने गरेको उनले बताइन् । उनले करिब दुई कठ्ठामा खुर्सानीसहित बोडी, भेन्डी, करेला र प्याज खेती गरेकी छिन् । खुर्सानी बेचेर घरखर्च चलाउँदै आएको उनले बताइन् ।
यस्तै, सोही ठाउँमा छिमेकी शोभाकर चौधरी, खुशीराम चौधरी, सुल्फी चौधरीलगायतले लटरम्म खुर्सानी फलाएका छन् । माया खोलामा बाह्रै महिना पानीको सिँचाइ हुने भएकाले स्थानीहरूको खोलाको छेउछाउमा सयौं किसानले तरकारी खेतीबाट लाभ लिएका छन् ।
माया खोलामा हिउँदमा बाँध बाँधेर किसानहरूले तरकारी खेतीबाट आफ्नो जीविकोपार्जन गर्दैआएको दङ्गीशारण गाउँपालिकाका निवर्तमान अध्यक्ष भागीराम चौधरीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार