एजेन्सी : जर्मनीले युक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड युरो थप सहयोग गर्ने भएको छ। जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले सहयोगबारे योजना बनाएको जानकारी गराएका हुन्।
मन्त्री पिस्टोरियसले यो घोषणा अन्य यूरोपेली रक्षा मन्त्रीहरूसँग संयुक्त पत्रकार सम्मेलनमा गरेका थिए। यसअघि जर्मनीले युक्रेनलाई पाँच सय मिलियन अमेरिकी डलर बराबरको सहयोग गरिसकेको छ।
बर्लिनले युक्रेनको दीर्घकालीन समर्थनमा प्रतिबद्धता व्यक्त गर्दै, सन् २०२६ मा ११ अर्ब ५० करोड युरोभन्दा बढी सहयोग प्रदान गर्ने योजना रहेको जनाएको छ। जर्मनीको सङ्घीय विदेश कार्यालयका अनुसार, यसअघि करिब ४० अर्ब युरो सैन्य सहायता उपलब्ध गराइसकेको छ।
गुरुवार जर्मनीका प्रधानमन्त्री फ्रिडरिक मर्जले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनमार्फत संवेदनशील विषयमा विचारविमर्श गरेका थिए। वार्तामा, यूक्रेनलाई निरन्तर सहयोग सुनिश्चित गर्नुका साथै भ्रष्टाचार र कानूनी सुधारमा प्रगति गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
त्यसैगरी, युवा युक्रेनी नागरिकहरूले देश छोडेर अन्य देशतर्फ जाने बढ्दो समस्याबारे पनि दुई नेताबीच छलफल भएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार