Listen LIVE

पल्सर स्पोर्ट्स अवार्ड : पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

काठमाण्डौ : नेपाल खेलकुद पत्रकार मञ्च ( एनएसजेएफ)ले पल्सर स्पोर्ट्स अन्तर्गत पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक गरेको छ ।

मञ्चले शुक्रबार पत्रकार सम्मेलन गर्दै पिपुल्स च्वाईस विधाको ५ खेलाठीको नाम सार्वजनिक गरेको हो ।

मनोनयनमा क्रिकेटका गुल्सन झा, फुटबलकी प्रीति राई, भलिबलकी कविता भट्ट, कबड्डीका मनमती विष्ट र रग्बीका श्रीराम श्रेष्ठ छन् ।

२१ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड यही भदौ २८ गते प्रज्ञा भवन कमलादीमा आयोजना हुँदैछ ।पिपुल्स च्वाईसको विजेता भोटिङका आधारमा छानिनेछ ।

ई–सेवाबाट खेलाडीलाई भोटिङ गर्न सकिनेछ । जसमा ई–सेवाको मतभार ५० प्रतिशत हुनेछ ।

यस्तै सामाजिक सञ्जाल फेसुबुक मतभार २५ प्रतिशत तथा नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य मदतभार १२.५ र नेपाफ ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत हुनेछ ।

पिपुल्स च्वाईसको मनोनयनको डिजिटल भोटिङ पार्टनरको रुपमा इसेवासँग शुक्रबारै सम्झौता गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवृदी (देवेन्द्र) र ईसेवाका प्रमुख बजार व्यवस्थापक आशिष गौतमले हस्ताक्षर गरे ।

स्पोर्टस अवार्डमा १० विधामा अवार्ड प्रदान गरिनेछ । जसमा वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा रहने छ ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षकको मनोनयन केही दिनमै सार्वजनिक गरिने छ । टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विधामा भने मनोनयन हुने छैन । यससँगै सम्पूर्ण विजेताको घोषणा अवार्ड कार्यक्रमकै दिनमा गरिनेछ ।

प्रतिक्रिया