Listen LIVE

बाँकेको गाभरमा पहिलोपटक नौं जातको कोदोको परीक्षण

नेपालगञ्ज : सुख्खा ठाउँमा समेत सहन गर्न सक्ने नौं प्रकारको कोदोको बाँकेको गाभरस्थित सामुदायिक जिन बैंकमा पीरिक्षण शुरु गरिएको छ । राष्ट्रिय जिन बैंकका प्राविधिक अधिकृत प्रदिप थापाका अनुसार स्थानीयको साझेदारीमा कोदोको परीक्षण शुरु गरिएको हो ।

रैथाने बालीको संरक्षण,सुख्खा ठाउँमा समेत कोदो जस्तो महत्त्वपूर्ण रैथाने बाली लगाउन मिल्ने गरि यि नौं प्रकारको कोदोको बिउँको परिक्षण गरिएको छ । नौं मध्ये पाँच वटा जिन बैकले परिक्षण मार्फत उत्कृष्ट देखिएका, दुई वटा नेपाल कृषि अनुसन्धान परिषद नार्कले विकास गरे र अन्य दुईवटा वटा किसानका जात रहेका छन् ।

थापाका अनुसार अहिले लगाएको कोदोको प्रतिफल मंसिरसम्म आउँनेछ । प्रतिफल सकारात्मक नै हुने आशा गरिएको बताउँछदै उनले त्यसपछि व्यवसायिक खेतिको कामलाई प्रोत्साहन गरिने जानकारी दिए । परिक्षण सफल भएको खण्डमा सुख्खा ठाउँमा समेत कोदो खेती गरेर आयआर्जन गर्न सकिने छ ।

२०७८ सालमा गाभरलाई सरकारले पहिलो सामुदायिक जिन बैंक स्थापना गरेको थियो ।त्यहाँ कोदोको उत्पादनको प्रशस्त सम्भावना रहेको कृष्ण चौधरीले बताए । हालसम्म नार्कले तराईमा समेत लगाउन सक्ने एउटा कोदोको जात बिकास गरेको छ । 

गाभरमा शुरु गरिएको परिक्षणले किसानलाई समेत उत्साहित बनाएको छ ।  सामुदायिक जिन बैंक स्थापनासंगै समुदायस्तरमा त्यसको संजाल विस्तार गरि हरेक ठाउँमा कृषि जैविक बिबिधता संरक्षण गरिएको संजालका अध्यक्ष पुरमल बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया