Listen LIVE

बाँकेमा ५० क्षयरोगीलाई पोषण सामग्री वितरण

नेपालगञ्ज : विराट नेपाल मेडिकल ट्रस्टद्धारा सञ्चालिल नरिस परियोजनले बाँकेमा ५० जना क्षयरोगीका बिरामीलाई पोषण सामग्री वितरण गरेको छ ।

६ महिनासम्म चलेको उक्त परियोजनाले नेपालगञ्ज उपमहानगरपालिकाका २०, कोहलपुर नगरपालिकाका १७, जानकी गाउँपालिकाका ९ र खजुरा गाउँपालिकाका ४ जना क्षयरोगीका बिरामीलाई पोषणा सामग्री वितरण गरिएको परियोजनाका जिल्ला संयोजक दिपेन्द्र पाण्डेले बताए । ६ महिनासम्म उक्त प्याकेज प्रत्येक महिना नियमित रुपमा वितरण गरिएको हो ।

नेपालगञ्जमा आयोजित परियोजनाको समिक्षा र सामाजिक लेखा परीक्षण कार्यक्रममा उनले टिबी फ्री नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका लगायतका बिरामीलाई पोषण सामाग्री वितरण गरिएको जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका, विपन्न, गरीव तथा असक्तहरु रोगीहरुलाई पोषण सामाग्री वितरण गरिएको हो ।

बिरामीहरुलाई चामल २५ किलो, दाल १ किलो, तेल १ लिटर, बदाम साढे १ किलो, आटा १ किलो, अण्डा १ क्यारेट, स्वायबिन १ किलोको प्याकेज तयार गरि चार हजार मूल्य बराबरको प्याकेज वितरण गरिएको उनले बताए । यस्तै ५ वर्ष मुनिका बालबालिकाको हकमा भने सर्बोत्तम पिठोसमेत दिने गरिएको गरिएको छ । कुपोषित बालबालिका तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरु क्षयरोगको जोखिममा पर्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

बाँकेमा क्षयरोगको उच्च जोखिममा पर्छ । क्षयरोगका बिरामीहरुले नियमित औषधि सेवन गरे यो रोगबाट निको भइन्छ । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा डट्स सेन्टरमा क्षयरोगीले औषधि खानुपर्ने स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगतबहादुर शाहीले बताए । कार्यक्रममा सम्वद्ध विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया