Listen LIVE

बाँकेबाट चार जना इन्स्पेक्टरहरुको बिदाइ

नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेबाट सरुवा भएका चार जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को बिदाइ गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेको प्रशासन शाखा  र मातहतका इन्चार्ज रहेर कार्य गर्दै आफ्नो कार्यकाल पूरा गरेर देशका विभिन्न प्रहरी कार्यालयमा सरुवा भएका इन्स्पेक्टर शिवा थापा, उपेन्द्र बुढाथोकी,हिमराज बिक र पुर्ण बहादुर केसीको बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँके मातहत रहेको जेष्ठ नागरिक,महिला तथा बालबालिका सेवा केन्द्रमा रहेकी इन्स्पेक्टर शिवालाई बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीको प्रमुख आतिथ्यतामा बिदाइ गरिएको हो। थापाको पोखरास्थित जिल्ला प्रहरी कार्यालयमा सरुवा भएको हो।

त्यसैगरि केही दिनअघि इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज इन्स्पेक्टर उपेन्द्रको पनि बिदाइ गरिएको हो। उपेन्द्रको प्रहरी वृत्त लैनचौरमा सरुवा भएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेको प्रशासन शाखाका प्रमुख रहदै रुकुम पूर्वको इलाका प्रहरी कार्यालय काँक्रीमा सरुवा भएका इन्स्पेक्टर हिमराज र इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज पुर्ण बहादुरको पनि बिदाइ गरिएको हो। पुर्णबहादुरको जिल्ला प्रहरी कार्यालय सल्यानमा सरुवा भएको छ।

प्रतिक्रिया