काठमाण्डौ : युरोपियन च्यामपियन्स लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ।
गएराति राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा आर्सनलले रियल मड्रिडलाई २–१ ले पराजित गर्दै समग्रमा ५–१ ले पराजित गर्दै अन्तिम चारमा पुग्दा अर्को खेलमा बायर्न म्युनिख र इन्टर मिलानले २–२ गोलको बराबरी खेलेका थिए।
पहिलो लेगमा २–१ को जितका कारण इन्टरले बायर्नलाई समग्रमा ४–३ ले पछि पार्दै सेमिफाइनलमा स्थान बनायो।
रियलको मैदानमा भएको खेलमा पनि आर्सनलले दबाबपूर्ण प्रदर्शन गरेको थियो। सुरुवातबाटै गोलका केही राम्रा मौका बनाएपनि आर्सनल गोल गर्न सकेन।
खेलको सुरुवातमै बुकायो साकाको पेनाल्टीलाई रियलका गोलरक्षकले बचाउँदा सम्भावित अग्रताबाट आर्सनल चुकेको थियो।
उही साकालेनै खेलको ६५ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए। तर रियलले दुइ मिनेट पछिनै डिफेन्डरको गल्तीमा गोल गर्दै खेल बराबरीमा ल्यायो। तर इन्जुरी समयमा गाव्रियल मार्टिनेलीले आर्सनलका लागि विजयी गोल गरेका थिए।
जितपछि आर्सनल समग्रमा तेस्रो पटक च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गर्न सफल भयो। यसअघि २००९ मा उसले सेमिफाइनलमा स्थान बनाएको थियो।
अब प्रतियोगिताको अन्तिम चारमा बार्सिलोना र इन्टर मिलान तथा आर्सनल र पिएसजी फाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्नेछन्।
पहिलो लेगमा आर्सनलको मैदानमा पिएसजीले ३० अप्रिलमा प्रतिस्पर्धा गर्दा दोस्रो लेग मे ८ मा पिएसजीको मैदानमा हुनेछ।
त्यस्तै, अर्को खेलमा मे १ मा बार्सिलोनाले आफ्नो मैदानमा इन्टर मिलानको सामना गर्दा ७ मेमा इन्टरको मैदानमा दोस्रो लेग खेल्ने छ।
प्रतियोगिताको फाइनल १ जुनमा हुनेछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार