Listen LIVE

महिला युरो कप : इटाली र नर्वे भिड्दै

काठमाण्डौ : महिला युरोकपमा क्वाटरफाइनलका खेलहरु आजबाट सुरु हुँदै छन्। 

आज हुने पहिलो क्वाटरफाइनलमा इटाली र नर्वे आमनेसामने हुन लागेका हुन्। स्विट्जरल्यान्डको स्टेट डे जेनेभमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ। 

नर्वे समूह ए को विजेताका रुपमा अन्तिम आठमा प्रवेश गरेको हो भने इटाली समूह बी को उपविजेताका रुपमा क्वाटरफाइनलमा स्थान बनाएको थियो।

नर्वे समूह चरणमा अपराजित टोली हो। उसले समूह चरणमा आयोजक स्विट्जरल्यान्ड र फिनल्याण्डलाई समान २–१ गोलले पराजित गरेको थियो भने आइसल्यान्डलाई ४–३ गोलले हराएको हो।

इटालीले भने बेल्जियमलाई १–० ले हराएको थियो भने स्पेनसँग ३–१ गोलले पराजित हुन पुग्यो यस्तै पोर्चुगलसँग १–१ गोलको बराबरी खेलेको थियो। 

प्रतियोगिता अन्तर्गत शुक्रबार राति स्विडेन र इङ्ल्याण्ड, शनिबार राति स्पेन र स्विट्जरल्याण्ड र आइतबार राति भिड्ने छन्।

सेमिफाइनलका खेल भने आगामी बुधबारदेखि सुरु हुनेछ भने फाइनल खेल आगामी २७ जुलाइमा हुनेछ।

प्रतिक्रिया