Listen LIVE

श्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१६ जमुनाहा नाकाबाट श्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भारतको उत्तर प्रदेश, बहराइच जिल्ला, रुपईडिहा थाना निवासी ३१ वर्षीय योगेश कुमार जयसवालले चलाएको भारतीय नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लुकाइछिपाइ राखिएको नगद बरामद भएको हो।

प्रहरीले उनको साथबाट नेपाली रुपैयाँ ३२ हजार र नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ १ लाख ५० हजार बरामद गरेको जनाएको छ। उक्त भारतीय रकमको नेपाली मूल्यांकनसहित जम्मा २ लाख ७२ हजार रुपैयाँ बराबरको श्रोत नखुलेको रकम बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका जयसवाललाई बरामद रकमसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भन्सार कार्यालय, नेपालगन्जपठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन्।

प्रतिक्रिया