Listen LIVE

राप्तीसोनारी गाउँपालिकाले बाँड्यो कृषि यन्त्र

राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिकाले किसानलाई यान्त्रीकरणमा जोड्दै सामाग्री वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत किसानलाई मिनी टिलर, रोटाभेटर तथा बोरिङ वितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषासिंह थारु, प्रवक्ता मिनराज खड्का, प्रमुख प्रशासकीय अधिकृत मनिराम खराल लगायतले किसानलाई उक्त यान्त्रीकरण हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले अनुदानमा पाएको यान्त्रीकरणलाई सदुपयोग गरेर चलाउन आग्रह गरे ।

गाउँपालिका प्रवक्ता खड्काले दिएको जानकारी अनुसार किसानलाई १० एचपी क्षमताको मिनी टिलर १६ थान, २२ एचपी क्षमताको मिनी टिलर ५ थान, रोटाभेटर ५ थान, बोडिङ सेट ४ इन्चीका ४ थान र बोडिङ सेट सहित २ इन्चीका ३ थान वितरण गरिएको थियो ।

यान्त्रीकरण पाएपछि किसानहरु खुशी भएका छन् । स्थानीय सरकारबाट आफुहरुले पाएको कृषी यान्त्रीकरणलाई उनीहरुले सदुपयोग गर्ने किसानको प्रतिवद्धता छ ।

प्रतिक्रिया