काठमाण्डौ : नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुअर्ट ल आज आउँदैछन्।
नेपाल क्रिकेट संघ क्यानका अनुसार अस्ट्रेलियन स्टुअर्ट ल आज राति आठ बजे काठमाडौं आइपुग्नेछन् ।
क्यानले स्टुअर्ट ललाई गत चैत १४ गते नेपाल टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको घोषणा गरेको थियो। उनी मुख्य प्रशिक्षकका रूपमा सार्वजनिक भएपछि नेपालले हङकङ भ्रमण गर्यो।
नेपाल, हङकङ, कुवेत र कतार सम्मिलत चार देशीय टी– ट्वान्टी आई सिरिजमा पुर्व कप्तान ज्ञानेन्द्र मल्लले नेतृत्व सम्हालेका थिए। सिरिजमा नेपाल फाइनलमा कुवेतसँग पराजित भएको थियो। स्टुअर्ट लले भारतीय मोन्टी देसाइलाई प्रतिस्थापन गरेका हुन्।
उनी र क्यानबीच दुई वर्षका लागि सम्झौता भएको छ। ५६ वर्षीय स्टुअर्ट लले यसअघि बंगलादेश, वेस्ट इन्डिज , श्रीलंका र अफगानिस्तानको मुख्य प्रशिक्षकका रूपमा काम गरेका थिए।
उनीसँग एसोसिएट राष्ट्र अमेरिकाको प्रशिक्षक सम्हालेको पनि अनुभव छ । उनको आगमनसँगै क्यानले टिम छनोटका लागि कोर क्याम्प गर्दैछ। कोर क्याम्पमा ५२ खेलाडीलाई चार टिममा विभाजन गरेर खेल खेलाइनेछ। भोलिदेखि २० गतेसम्म हुने प्रतियोगितामा चार टिमले मुलपानीको माथिल्लो र तल्लो मैदानमा प्रतिस्पर्धा गर्नेछन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार