नेपालगञ्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिष्ट डा.बद्री चापागाईंलाई भेरी अस्पतालमै बसेर नियमित कामकाज गर्न भनेको छ ।
डा.चापागाईंलाई यसअघि मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा काज सरुवा गरेको भए पनि पुनः मन्त्रीस्तरीय निर्णय गर्दै भेरी अस्पतालमै यथावत राखेको हो । डा.चापागाइँको भेरी अस्पतालमै दरवन्दी छ ।
डा.चापागाइँ २०७० साल कार्तिकमा भेरी अस्पतालमा पोष्टिङ भएका थिए । भेरी अस्पतालको मेसु र अस्पताल विकास समितिको अध्यक्षको समेत जिम्मेवारी निर्वाह गरिसकेका डा.चापागाईंलाई आफ्नै दरवन्दी भएको स्थान भेरी अस्पतालमै बसेर कामकाज गर्न मन्त्रालयले भनेको छ ।
यसअघि डा.चापागाइलाई रमाना नबुझाउँदै भेरी अस्पताल प्रशासनले डर्माटोलोजी विभागको जिम्मेवारी डा.रणधिर कुमार (आरके) झालाई दिएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार