नेपालगञ्ज : गुड्दै गरेको ईभी हाइसमा अचानक आगलागी भएको छ । कोहलपुरदेखि कैलालीतर्फ गइरहेको अवस्थामा बर्दिया नगरपालिका–७ रम्तापुरस्थित ईभी हाइसमा आइतबार बिहान पौने ७ बजे आगलागी भएको हो ।
सु.प.प्र. ०१–००२ ज ४३३ नम्बरको ईभी हाइमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । उक्त इभी हाइस कैलाली धनगढी उपमहानगरपालिका–३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएका थिए ।
ईभी हाइसमा चालक र सहचालक मात्र रहेकाले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । गुड्दै गरेको ईभी हाइसमा एक्कासि आगलागी हुँदा ईभी हाइसमा राखिएको कागजपत्र र नगद ४२ हजार जली नष्ट भएको डीएसपी रेशम बोहराले जानकारी दिए ।
ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो ।
2026-09-20
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार