Listen LIVE

ठुलो परिमाणको लागुऔषधसहित बाँकेमा दुई जना पक्राउ

नेपालगञ्ज : नेपालगञ्जबाट ठुलो परिमाणमा ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका ३ एकलैनी बजारबाट ३५ ग्राम ९०० मिलिग्राम ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एकाघरका दाजुभाई ३५ वर्षिय हसिव अहमद अन्सारी र २३ वर्षिय समिर अहमद अन्सारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जको टोलीले विशेष सूचनाका आधारमा पक्राउ परेका अन्सारी दाजुभाईको घर खानतलासी गर्दा ३५ ग्राम ९०० मिलिग्राम ब्राउनसुगर बरामद भएको बाँके प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले बताए ।

पक्राउ परेकाहरुबाट ५ थान मोबाईल, लागुऔषध तौल गर्दै गरुेको डिजिटल तराजु र ७३ हजार ७०० नगद बरामद गरिएको डीएसपी राठौरले बताए ।

प्रतिक्रिया