Listen LIVE

महिला टी–२० : अष्ट्रेलियाले भारतलाई ९ रनले हरायो

काठमाण्डौ : महिला टी–२० विश्वकपमा अष्ट्रेलिया ९ रनले विजयी भएको छ। टस जितेर पहिला ब्याटिङ गर्न मैदान उत्रेको अष्ट्रेलियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५१ रन बनायो। 

१५२ रनको लक्ष्यसहित मैदान उत्रेको भारतीय टीमले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १४२ रन मात्रै बनाउन सक्यो। योसँगै भारत प्रतियोगिताबाटै बाहिरिएको छ। 

यसअघि आइतबार नै भएको खेलमा इंल्याण्डले स्कटल्याण्डलाई १० विकेटले पराजित गरेको छ । स्कटल्याण्डले दिएको ११० रनको सामान्य लक्ष्य इंल्याण्डले विना विकेटको क्षतिमा पूरा गर्यो । 

इंल्याण्डका लागि माइया बाउचियरले अविजित ६२ तथा डैनी व्याट–हजले ५१ रनको योगदान गरिन । जितसँगै समूह बी मा रहेको इंग्ल्याण्ड अङ्कतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

प्रतिक्रिया