गुल्मी : कालिगण्डकी गाउँपालिका–१ सिरकोटमा वर्षौँदेखि वनमाराले ढाकेको जग्गामा किसानले किबी खेती थालेका छन्। बाँझो ५४० रोपनी जग्गाको सदुपयोग गर्दै २३ कृषक मिलेर अहिले सामूहिक किवी खेती गरेका हुन्।
वर्षौँदेखि बाँझो रहेको जग्गाको सदुपयोग गर्न ६ हजार ७०० बिरुवा रोपेर व्यावसायिक किवी खेती गरेको उन्नतिशील कृषि फलफूल तथा पशुपक्षी कृषक समूहका अध्यक्ष पदमपाणि पाण्डेले बताए। ‘यसबाट राम्रो आम्दामी लिन सकिन्छ भन्ने उद्देश्यका साथ समूह नै बनाएर सामूहिक किवी खेती गरेको उनको भनाइ छ। वर्षौँदेखि बाँझो रहेको जग्गामा अहिले किवी खेतीले हराभरा भएको र जग्गाको पनि सदुपयोग भएको समूहकी सदस्य तथा कृषक मनकुमारी रानाले बताइन्।
2024-07-19
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार