काठमाण्डौ : कालीमाटी फलफूल तथा तरकारी बजारमा तने बोडी महँगिएको छ । अघिल्लो दिनको तुलनामा एकैदिन तने बोडी ३९ प्रतिशतले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो दिन औसत ६८ रुपैयाँ प्रतिकिलो रहेको तने बोडी मंगलबार ९५ रुपैयाँ पुगेको छ ।
प्याजको भाउ भने स्थिर छ । मंगलबार कालीमाटी बजारमा प्याज प्रतिकिलो १२० रुपैयाँ छ । कालीमाटीमा हाल स्कुस सबैभन्दा सस्तो छ । स्कुसको सिजन सुरु भएकाले यो तरकारी प्रतिकिलो अधिकतम ३० रुपैयाँमा कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा आज डल्लो भन्टा, भिण्डी सस्तिएको छ । समितिका अनुसार सोमबार नेपाली ठूलो गोलभेँडाको भाउ प्रतिकिलो ७० रुपैयाँ छ । रातो आलु ७०, स्थानीय गाजर १००, बन्दा ६०, स्थानीय काउली १२०, लाम्चो भन्टा ३०, डल्लो भन्टा ४० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।
घिउ सिमी १२०, टाटे सिमी ९०, तिते करेला ४०, लौका ५०, परवर ७०, चिचिण्डो ४०, घिरौंला ५०, भिण्डी ३५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । ब्रोकाउली २००, कन्य च्याउ २००, डल्ले च्याउ ४५० तथा कुरिलो ३५० रुपैयाँ प्रतिकिलो छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार