Listen LIVE

त्रिवि क्रिकेट मैदानमा धमाधम फ्लडलाइड जडान हुँदै

काठमाण्डौ : कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइड जडान कार्य धमाधम भईरहेको छ । मैदानको वरिपरि ६ वटा फ्लडलाइड जडान कार्यको पहिलो चरणको कार्य फ्लडलाइडको पोल जडान कार्य धमाधम भई रहेको हो ।

जस अन्तर्गत ४ वटा पोलहरू जडान गरी सकिएको छ भने अब २ वटा पोल जडान गर्न बाँकी रहेको र सो काम पनि आज र भोलिमा सकिने छ ।

त्यस पश्चात् पोल इन्स्टलेसन गरी तिहार भित्र लाइट बाल्ने निर्माण कम्पनीको योजना रहेको छ । फ्लडलाइड जडानका लागि २७ करोड ४० लाख रुपैयाँमा विशाण–ईश्वरी जोइन्ट भेन्चर ठेक्का लिएको हो ।

प्रतिक्रिया