Listen LIVE

तिहारमा फूल टिप्ने चटारो

दाङ : तिहार सुरु भएसँगै दाङमा पुष्प व्यवसाय गरेका किसानलाई फूल टिप्नदेखि माला उन्नका लागि भ्याइनभ्याइ छ । तिहारमा भाइटीकामा लगाउने मालासँगै अन्य विभिन्न कार्यमा प्रयोग हुने फूलको माग बढेपछि फूल टेप्नेदेखि माला बुन्ने काम भइरहेको छ ।

तिहार सुरु भएसँगै बारीमा तयार भएको पूmल टिप्नेदेखि माला बनाउने काम भइरहेको घोराही उपमहानगरपालिका–१४ झिगौरामा लोकेन्द्र रोका मगर बताउँछन् । विगतका वर्षको तुलनामा यो वर्ष जिल्लामा कम पूmल खेती भएकाले मालासँगै फूलको राम्रो माग भइरहेको उनको भनाइ छ । 

घोराही १४ झिंगौरा र १६ तेरौटेमा गरेर तीन बिगाह जग्गामा फूल खेती गरिएको छ । घोराही–३ झिंङ्नीमा पुष्प व्यवसाय गरेका दिपेश ढकालसमेत तिहारका लागि आवश्यक पर्ने फूल टिप्ने माला बुन्नेदेखि तयार भएका माला अर्डर अनुसार पठाउने काममा व्यस्त छन् ।

प्रतिक्रिया