Listen LIVE

कालीमाटी बजारमा अधिकांश तरकारी सस्तियो

काठमाण्डौ : कालीमाटी फलफूल तथा तरकारी बजारमा अधिकांश तरकारी भाउ घटेको छ । बुधबारको तुलनामा बिहीबार धेरैजसो तरकारी सस्तिएको हो ।

गोलभेँडा, बन्दा, काउली, मुला, भन्टा, तिते करेला, लौका, चिचिण्डो, घिरौंला सस्तिएको छ । लाम्चो भन्टा अघिल्लो दिनको तुलनामा २५ प्रतिशत, बन्दा १४, सानो गोलभेँडा १९, चिचिण्डो २२ प्रतिशतले भाउ घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका अनुसार बिहीबार ठूलो गोलभेँडाको भाउ प्रतिकिलो ८० रुपैयाँ छ । रातो आलु ७०, प्याज १००, स्थानीय गाजर १००, बन्दा ६०, स्थानीय काउली ९०, लाम्चो भन्टा ४०, डल्लो भन्टा ६०, तने बोडी ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

घिउ सिमी ९०, टाटे सिमी ९०, तिते करेला ५०, लौका ५०, परवर ८०, चिचिण्डो ४०, घिरौंला ६०, भिण्डी ३५, स्कुस ४० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको समितिले जनाएको छ । कन्य च्याउ १८०, डल्ले च्याउ ३५० तथा कुरिलो ४०० रुपैयाँ प्रतिकिलो छ ।

प्रतिक्रिया