Listen LIVE

अग्रता जोगाउन नसक्दा घरेलु मैदानमा हार्यो चेल्सी

काठमाण्डौ : इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित भएको छ। एक गोलको अग्रता बचाउन नसक्दा चेल्सीले फुलहामसँग पराजित हुन पुग्यो। 

चेल्सीको स्टामफर्ड ब्रिजमा भएको खेलमा घरेलु समर्थकमाझ एक गोलको अग्रता जोगाउन नसकेपछि दोस्रो हाफको अन्तिममा दुई गोल बेहोर्दै चेल्सी पराजित भएको हो। खेलको १६औं मिनेटमा नै कोल पाल्मरले अग्रता बनाएका थिए। तर, फुलहामले खेलको ८२औं मिनेटमा र इन्ज्युरी समयमा गोल फर्काएर जित दर्ता गरेको हो। 

फुलहामले चेल्सीको मैदानमा १८ खेलपछि जित दर्ता गरेको छ। यसअघिका १७ खेलमा फुलहाम ११ पटक पराजित भएको थियो भने ६ खेल बराबरीमा सकिएका थिए।

फुलहामले सन् १९७९ पछि चेल्सीलाई घरेलु मैदानमा हराएको हो। फुलहामलाई जिताउने क्रममा रोड्रिगो मुनिजसुले खेलको ९५औं मिनेटमा गोल गरेका थिए। सन् २००३ पछि चेल्सीले घरेलु मैदानमा ९० मिनेटपछि गोल बेहोरेर हारेको यो पहिलो पटक हो।

गएराति नै भएको खेलमा  म्यानचेस्टर युनाइटेड  वुल्भरह्याम्पटनसँग अवे मैदानमा २–० ले पराजित भएको छ।

प्रतिक्रिया