काठमाण्डौ : नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियाविरुद्ध हुने टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाका लागि टोली घोषणा गरेको छ। ‘मलेसियन सुपर ओमन सिरिज’ र मलेसियन राष्ट्रिय क्रिकेट टोली विरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि टोली घोषणा गरिएको हो।
यी दुवै शृंखला मलेसियन क्रिकेट संघको आयोजनामा हुन लागेको हो । ‘मलेसियन सुपर ओमन सिरिज’ सेप्टेम्बर २४ देखि ३० तारिखसम्म मलेसियामै सञ्चालन हुनेछ भने मलेसियन राष्ट्रिय टोली विरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला आगामी अक्टोबर २ देखि ८ तारिखसम्म सञ्चालन हुनेछ ।
घोषित नेपाली टोलीमा इन्दु वर्मा, पूजा महतो, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रीया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्री धामी, कविता कुँवर, रुविना क्षेत्री र सीता रानामगर रहेका छन् ।
2025-09-20
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार