Listen LIVE

खराब मौसमका कारण नेपाली टोलीको वेस्ट इन्डिज उडान रद्द

काठमाण्डौ : फ्लोरिडाको खराब मौसमका कारण आजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको सेन्ट भिसेन्ट (वेस्ट इन्डिज) उडान रद्द भएको छ । 

आईसीसी टी–२० विश्वकप अन्तर्गत अमेरिकामा समूह चरणका दुई खेल पछि नेपाली टोली आज फ्लोरिडाको स्थानीय समय अनुसार साँझ ६ बजे सेन्ट भिन्सेन्ट जाने योजना थियो ।

नेपाली टोली फ्लोरिडाबाट चाटर्ड विमानमार्फत सेन्ट भिन्सेन्ट जाने तालिका थियो। तर खराब मौसमका कारण उडान रद्द भएको नेपाली राष्ट्रिय क्रिकेट टिमका व्यवस्थापक प्रदीप मजगैयाँले बताए । 

मजगैयाँका अनुसार भोलि पनि फ्लोरिडाको मौसम खराब रहने पूर्वअनुमान छ । जसका कारण भोलि पनि उडान हुने सम्भावना न्यून रहेको बताइएको छ ।

वर्षाकै कारण हिजो मात्र फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा खेलिने तालिका रहेको नेपाल र श्रीलंकबीचको खेल रद्द भएको थियो । 

नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो। विश्वकप अन्तर्गत अमेरिकाका आफ्ना दुई खेल सकेको नेपालले अब शनिबार सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग र सोमबार बंगलादेशसाग खेल्ने तालिका छ ।

प्रतिक्रिया