Listen LIVE

विदेशबाट फर्केर अलैँची खेती

संखुवासभा : संखुवासभाको चिचिला गाउँपालिका –३  का खर्सुका दिनेश थुलुङ राई ब्यवसायिक रूपमा अलैचीँ खेतीमा लागेका छन्।  लामो समयसम्म अर्काको देशमा पसिना बगाएर गाउँ फर्केलगत्तै पाखोबारीमा ब्यावसायिक रूपमा अलैचीँ खेतीमा लागेका दिनेश अहिले अलैचीँ खेतीबाट बार्षिक ५० लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्।

स्वदेशमा रोजगारी नपाएपछि धेरै मानिसको रोजाई विदेश हुने गरेको छ। तर, चिचिला –३  का खर्सुका थुलुङ राई वैदेशिक रोजगारीबाट नै फर्किएर गाउँमै ब्यवसायिकरूपमा अलैचीँ खेतीमा रमाउँदै कमाउँदै छन्।

विदेश र स्वदेशका विभिन्न ठाउँ घुमफिर गरेका थुलुङ राई आत्मनिर्भर बन्नुपर्छ भनेर व्यवसायिक रुपमा अलैंची खेती गर्न थालेको बताउँ छन्। २००८ मा इराक गएका थुलुङ राई २०१२ मा गाउँ फर्के।

विदेशबाट फर्किएर थुलुङ राईले पुख्र्यौली गाउँ खर्सुमा २०७७ साल देखि ५० रोपनी पाखोबारीमा ब्यावसायिक अलैँची सुरु गरेका हुन्। थुलुङ कृषि पशुपन्छी तथा जडीबुटी फर्म दर्ता गरेर अहिले राईले करिब ३ सय रोपनी पाखोबारीमा अलैचीँ खेती विस्तार गरेका छन्।

विदेशमा गएर पनि श्रम गर्नुपर्छ भने आफ्नै गाउँमा पसिना र श्रम गर्ने भन्ने सोचका साथ अलैचीँ खेतीतर्फ लागेको थुलुङको भनाइ छ। थुलुङ अहिले त यही बगानमा नै बस्दै आएका छन्। थुलुङ विहानदेखि बेलुकीसम्म अलैंचीको बगानको हेरचाहमा बिताउने गरेका छन्। उनले आफ्नो पाखोबारी र जंगलमा रहेको रुखलाई पातलो बनाएर अलैंची बगान विस्तार गरेको देखेर गाउँ छाडेर शहर बस्न थालेको छिमेकीहरु समेत आर्कषित भएको उनको भनाइ छ।

प्रतिक्रिया