यदुराज मिश्र/नेपालगञ्ज : बाँकेको राप्तीसोनारी ९ ढकेरीका किसानहरू दुध बेचेर आत्मनिर्भर बन्दै गएका छन् । बुचापुरस्थित कालिका दूध डेरीमा ढकेरीका ४० घरधुरीका किसानहरू दूध बिक्री वितरण गर्न पुग्छन् । दूध बिक्री वितरण गर्न पुग्ने किसानहरूले दुध बेचर विदेशको कमाईभन्दा राम्रो आम्दानी भईरहेको बताएका छन् ।
दीप्ति परियारसँग चारवटा जर्सी गाई छन् । तिनि गाईहरुले साँझ बिहान गरेर ३० लिटर दुध दिन्छन् । गाउँ नजिकै रहेको कालिका दुग्ध डेरीमा दूध बिक्री गर्न जाने परियारले दूध बेचेर घर खर्चसमेत चलाइरहेको बताउँछिन् । छोराछोरीलाई विदेश पठाउनु भन्दा पनि गर्न सके यहीँ आम्दानी भइरहेको उनले सुनाइन् । दूध बेचेरनै उनले मासिक ५२ हजार कमाउँछिन् । मेरो श्रीमान् सरकारी जागिरे भएपनि उनको पेशाले उनको तलबभन्दा दोब्बर कमाई हुने गरेको उनको भनाइ छ ।
कालिका दूध डेरी उद्योगका व्यवस्थापक जितबहादुर कार्कीले बिहानै ४ बजेदेखिनै डेरीमा आउने किसानहरूका दूध सङ्कलन गरी कोहलपुर बजारमा पुर्याउने गरेको बताउँछन् । उनका अनुसार अहिले किसानहरू मर्कामा परेका छन् ।
प्रदेश सरकारले तीन रुपैयाँका दरले अनुदान प्राप्त हुनेगरि दूध बिक्री वितरण गर्न पाउने भनेर आह्वान गरेपनि कार्यान्वयन हुन सकेको छैन । उद्यमशील सीपमुलक तालिमका साथै अनुदान उपलब्ध गराउन सके देशमा बढ्दो विदेश पलायनलाई रोक्न सकिने किसानहरुको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार