बाजुरा : बाजुराका किसानहरूले पछिल्लो समय सुन्तला खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन्। परम्परागत अन्नबालीको खेतीबाट गुजारा गर्नै मुस्किल भएपछि व्यावसायिक सुन्तला खेतितर्फ लागेका बाजुराका अधिकांश किसानहरूले राम्रो आम्दानी गर्न थालेका हुन् ।
जिल्लाको गौमुल गाउँपालिका–४ बिजेढुङ्गाकी पारू रोकायाले सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेको बताए । गाउँको जमिनमा परम्परागत रुपमा लगाइँदै आइएको अन्नबाली छोडेर सुन्तला खेतीको थालनी गरिए सँगै वार्षिक आठ लाख जति आम्दानी हुने गरेको उनको भनाइ छ।
रोकायाले २०७४ सालमा झन्डै पाँच रोपनी जमिनमा सुन्तला खेती गरेका थिए । गाउँमा रहेको पाखो जमिनमा राम्रो अन्न खेती नहुने भएपछि उनले गौमुल गाउँपालिकाको सहयोगमा एक सय र आफ्नै लगानी बाट ९ सय बोट खरिद गरि पाँच रोपनीमा एक हजार सुन्तला लगाएका थिए । तिनै सुन्तलाले राम्रो फल दिन थालेपछि अहिले रोकायाले गाउँमै मनग्य आम्दानी गर्न थालेका हुन् ।
बाजुराको गौमुल, हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ, गाउँपालिका तथा बुढीनन्दा, बडीमालिका, त्रिवेणी, र बुढीगंगा नगरपालिकाका केही किसानहरू व्यावसायिक सुन्तला खेती बाट वार्षिक लाखौँको आम्दानी गर्न थालेका कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।
जिल्लाका कृषकहरूले उत्पादन गरेको सुन्तला बजारीकरण गर्न कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान दिन थाले सँगै किसानहरू उत्साहित हुँदै व्यावसायिक सुन्तला खेती तर्फ आकर्षित भई राम्रो आम्दानी समेत गर्न थालेका कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम सहानीले बताए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार