Listen LIVE

कालीमाटीमा डल्ले च्याउ प्रतिकिलो ४५०, यस्तो छ अन्य तरकारी भाउ

काठमाण्डौ : कालीमाटी फलफूल तथा तरकारी बजारमा आइतबार डल्ले च्याउको भाउ सबैभन्दा महँगो प्रतिकिलो ४५० रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा यस दिन ठूलो गोलभेँडा ४, बन्दा ७, स्थानीय काउली २, लाम्चो भन्टा ११, तितेकरेला २१, लौका २, हरियो फर्सी १३ प्रतिशत घटेको छ । तने बोडी २२ र डल्लो भन्टा १४ प्रतिशत बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

कालीमाटी बजारमा आइतबार ठूलो गोलभेँडा अधिकतम प्रतिकिलो १२०, गाजर १००, स्थानीय काउली ८०, तने बोडी १३०, घिउ सिमी २२०, तितेकरेला ८०, परवर ८०, घिरौंला १००, लौका ८० रुपैयाँ प्रतिकिलो कारोबार भएको छ ।

त्यस्तै कन्य च्याउ २५०, कुरिलो ३००, न्यूरो १२०, ब्रोकाउली १०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । कालीमाटी बजारमा रातो आलु प्रतिकिलो ६८, प्याज ९५, सेतो मुला ४०, लाम्चो भन्टा ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

प्रतिक्रिया