काठमाडौं । कोपा इटालिया अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा युभेन्टस विजयी भएको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले लाजियोलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसले घरेलु मैदानमा जित निकाल्दा फेडरिको चिएसा र डुवान भालोभिकले एक एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५० औं मिनेटमा चिएसाले एन्ड्रिया कामवेसोको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।

६४ औं मिनेटमा वेस्टन म्याकेनीको पासमा भालोभिकले गोल गरेपछि युभेन्टसले अग्रता दोब्बर बनायो । अब दोस्रो लेग २४ तारिखमा हुने छ ।
2024-04-03
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार