Listen LIVE

महिला भलिबल लिग : कर्णाली अपराजित रहँदा मधेश अंकविहीन

काठमाण्डौ : एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यस्विजले लगातार तेस्रो जित निकालेको छ।   कर्णालीले आफ्नो तेस्रो खेलमा शीर्ष स्थानमा रहेको ललितपुर क्विन्सलाई सोझो सेटमा २५–२२, २५–२२ र २९–२७ ले हरायो।

ललितपुरले तेस्रो सेट १०–१ ले अग्रता बनाएर पनि कर्णालीलाई सुम्पेको हो। यस नतिजासँगै ललितपुरको अपराजित यात्रामा पनि रोक लाग्यो।

यस्तै हिजै भएको तेस्रो खेलमा चितवन शक्तिले दोस्रो जीत हासिल गरेको छ। चितवनले मधेश युनाइटेडलाई ३–१ को सेटमा हराएको हो।  ३ खेलमा चितवनले दोस्रो खेल जित्दा मधेशले लगातार तेस्रो खेलमा हार बेहोरेको छ। मधेश अंकविहीन छ। 

यस्तै बुधबार नै भएको खेलमा काठमाडौं स्पाइकर्सले गण्डकी थन्डर्सलाई ३–१ सेटले हराएको छ। गण्डकीले पनि एक खेल पनि जित्न सकेको छैन्। 

एभरेस्ट महिला भलिबल लिगमा आज पनि ३ वटा खेल हुँदैछन्।

प्रतिक्रिया