नेपालगञ्ज : लामो समयदेखि प्रर्याप्त वर्षा नहुँदा रोपाइँ नै कम भएको बाँके जिल्लामा रोपाइँ भएको धानसमेत पानीको अभावले सुक्न थालेको छ।
सिँचाइ सुविधा नभएका जिल्लाका अधिकांश किसानले धान रोप्न नपाएको अवस्था पानीको अभावमा रोपेको धान सुक्न थालेको हो।
डुडुवा गाउँपालिका–४, मुन्डापुर्वाका पुत्तन बागवानले वर्षा नहुँदा अझैँ धान रोप्न सक्नु भएको छैन। सिँचाइ सुविधा नभएका कारण उहाँले धान रोप्न नसकेको बताए।
रोपेको धानसमेत सुक्न थालेको बताउँदै डुडुवाका किसानले बोरिङको पानीसमेत सुक्न थालेको गुनासो गरेका छन्। वर्षा नभएपछि रोपेको धान पनि सुक्न थालेको डुडुवा–४ का शालिकराम यादवले बताए।
लामो खडेरीका कारण खेतको गरामा रहेको बियाड समेत सुक्न थालेको उहाँले बताउनुभयो। गत वर्ष यो समयमा धान रोपेर सकेको स्मरण गर्दै यादवले यस पटक ३० प्रतिशत मात्र रोपेकोमा त्यो पनि सुक्न थालिसकेको बताए।
डुडुवा गाउँपालिका–३ का दिनेश मौर्यले बोरिङको सहायतामा धान रोपे पनि वर्षा नहुँदा सुकेको बताए।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार सुरुमा केही दिन वर्षा राम्रो भए पनि त्यसयता पानी नपर्दा धेरै किसानले धान रोप्न नपाएको र रोपेकाको पनि सुक्न थालेको बताए।
कृषि ज्ञान केन्द्र बाँकेका कृषि अधिकृत खडक बस्नेतका अनुसार हालसम्म ७३ प्रतिशत धान रोपाइँ भएको तथ्याङ्क सङ्कलन गरिएको बाँकेमा रोपिएको धेरै धान पानी नपाएर सुक्न थालेको सूचना आइरहेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार