प्युठान : ऐरावती गाउँपालिका–२ सलेनधारामा रहेको लालीगुराँस स्वावलम्बी महिला समूहमा आबद्ध सदस्यले गाउँकै अर्को परिवर्तन स्वाबलम्बी महिला समूहका सदस्यलाई बाख्रा उपहार दिएका छन् ।
समुहका सदस्यहरूको आयआर्जन वृद्धि गर्न एउटा समूहले अर्को समूहलाई बाख्रा उपहार दिएका हुन् । समूहका अध्यक्ष रचना गुरुङले आफ्नो समुहले ३१ वटा बाख्रा उपहार प्रदान गरेको बताइन् ।
“हेफर आधारशिलाअनुसार बहिनी समूहलाई बाख्रा उपहार गरेका हौं” उनले भनिन, “बहिनी समूहका सदस्यको आयआर्जन बढाउन यस्तो गरिएको हो ।” समूहमा रहेका २८ जना सदस्यले उपहार दिएको उनले बताइन् ।
ऐरावती गाउँपालिकामा हेफर परियोजना सञ्चालनमा छ । जसअन्तर्गत पालिकाका ६ वटा वडामा ५२ वटा स्वावलम्बी समूह गठन भएका छन् । जसअन्तर्गत पहिलो पटक लालीगुराँस स्वावलम्बी महिला समूहले उपहार प्रदान गरेको मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका कार्यकारी प्रमुख विजयकुमार श्रेष्ठले बताए ।
ऐरावती गाउँपालिकाका अध्यक्ष नविलविक्रम शाहले दुई वर्षदेखि पालिकामा हेफर प्रोजेक्ट नेपाल र मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रसँगको साझेदारीमा कार्यक्रम सञ्चालन भएको बताए । पालिकामा कृषि र पशुपालन क्षेत्रको व्यावसायीकरण गर्ने उद्देश्यले परियोजनामार्फत करिब पाँच करोड रुपैयाँ लगानी गर्नेगरी काम अघि बढेको जानकारी दिए । पालिकाको प्राथमिकतामा रहेको कृषि र पशुपालन क्षेत्रमा काम भइरहेको उनले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार