काठमाण्डौ : काभा च्याम्पियन्स लिगमा हेल्प नेपाल स्पोर्टस क्लबले विजयी शुरुवात गरेको छ।
हेल्प नेपालले आफ्नो पहिलो खेलमा घरेलु टिम माल्दिभ्सको दिहिभी सिफाइङगी माथि ३–२ सेटमा रोमान्चक जित हात पारेको हो।
माल्दिभ्सको मालेमा गएराति यी दुई टिमबीचको खेल प्रतिस्पर्धात्मक बनेको थियो। पहिलो सेट हेल्प नेपालले ३३–३१ ले जितेको थियो।
हेल्प नेपाल एक समय २३–२१ अंकले अघि थियो। तर, दिहिभीले पुनरागमन गर्दै लगातार दुई अंक जोडेपछि खेल रोमान्चक बन्यो। सेट पोइन्टमा पुगेको हेल्स नेपाललाई दिहीभीले रोक्यो र खेल लम्बिएको थियो। तर कडा चुनौतीका बीच हेल्प नेपालले सेट आफ्नो पक्षमा पार्यो।
दोस्रो सेट पनि हेल्प नेपालकै नाममा रह्यो। २५–२० को जितपछि हेल्प नेपाल सोझो सेटमा विजयी हुने हुने अनुमान गरिएको थियो। तर, बाँकी दुई सेटमा दिहिभी खेलमा फर्कियो।
तेस्रो सेट हेल्प नेपालले २२–२५ ले गुमायो। चौथो सेटमा पनि लय समात्न नसकेपछि दिहिभीलाइ २०–२५ ले नतिजा सुम्पियो। तर, पाँचौ तथा निर्णायक सेटमा हेल्प नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १५–८ को जित हात पारेको हो।
नेपालले आफ्नो दोस्रो खेलमा आज राति क्लब एचडिसीसँग प्रतिस्पर्धा गर्नेछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार