काठमाण्डौ : स्पेनिस लालिगा सिजन २०२४–२५ सुरु भएको छ। गएराति भएको उदघाटन खेलमा गेटाफे र एथलेटिकले बराबरी खेल्दै अंक बाँडेका छन्।
एस्टाडियो डे सान मामेसमा गएराति सम्पन्न सिजनको पहिलो खेलमा गेटाफे र एथलेटिक क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
क्रिस्टेन्टस उचेले दोस्रो हाफमा बराबरी गोल फर्काएपछि गेटाफे एथलेटिक क्लबलाई बराबरीमा रोक्न सफल भयो। योसँगै दुवै टोलीले एक अंकका साथ नयाँ सिजनको सुरुवात गरेका छन्।
एथलेटिकले पछिल्लो पाँच सिजन आफ्नो पहिलो खेल जित्न सकेको छैन भने गेटाफेले पनि लगातार ४ सिजन आफ्नो पहिलो खेल जितेको छैन।
गएरातिनै सम्पन्न सिजनको दोस्रो खेलमा रियाल बेटिस र जिरोनाले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडे।
2024-08-16
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार