नेपालगञ्ज : बाँकेमा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–८ जोलहनपुर्वास्थित अनवर अन्सारी (मन्नी)का ४ वर्षीय छोरा हमजा अन्सारीको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो । मंगलबार दिउँसो १२ बजेतिर घरको छतबाट खसेर गम्भीर घाइते भएका बालकको नेपालगञ्जस्थित मेडिकल कलेज नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो ।
छतमा खेल्ने क्रममा खसेर गम्भीर घाइते भएका नाबालकलाई उपचारका लागि भेरी अस्पताल लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि नेपालगन्ज मेडिकल कलेज नर्सिङ होम पु¥याइएको थियो ।
2025-02-13