नेपालगञ्ज : कोहलपुरमा सहोदर दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन् ।
२५ वर्षीय मनोज चौधरीको हत्या गरेको आरोपमा कोहलपुर नगरपालिका– ४ गोहवा बस्ने २० वर्षीय विनोद चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विनोदले आइतबार राति कुटपिट गरी मनोजको हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट मदनचोकबाट प्रहरी खटिएको थियो ।
प्रहरीले उनलाई कोहलपुर नगरपालिका– १५ गोहवाबाट सोमबार बिहान पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
2026-06-29
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार