काठमाण्डौ : नेपाल राष्ट्र बैंकले आइतबारको विनिमयदर प्रकाशन गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रूपैयाँ ३१ पैसा पुगेको छ ।
शुक्रबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रूपैयाँ २६ पैसा पुगेको थियो । युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ८८ पैसा र बिक्रीमा १४५ रूपैयाँ ५३ पैसा छ । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १७० रुपैयाँ ४६ पैसा रहेको छ भने विक्रीदर १७१ रुपैयाँ २३ पैसा रहेको छ ।
त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८३ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९ रूपैयाँ ०२ पैसा रहेको छ । शुक्रबार जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ८९ पैसा र बिक्रीमा ८ रूपैयाँ ९३ पैसा रहेको थियो ।
राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ४० पैसा र बिक्रीदर ३६ रूपैयाँ ५७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २९ रूपैयाँ ७३५ पैसा र बिक्रीदर २९ रूपैयाँ ८६ पैसा पाइन्छ । कुवेती दिनार एकको खरिददर ४३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर ४३९ रूपैयाँ ७६ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ३१ पैसा तोकिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार