Listen LIVE

स्कार्पियो दुर्घटना हुँदा तुलसीपुरका चारजनाको मृत्यु

नेपालगञ्ज : तीर्थयात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिकाका चारजनाको मृत्यु भएको छ । तुलसीपुरबाट भारतको विभिन्न तीर्थस्थल यात्राका लागि बिहिबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कर्पियो गाडी भारतको तुलसीपुर बलरामपुर नजिकै दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर जिसीका अनुसार दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ पर्सेनीका अन्दाजी ३७ वर्षीय युवराज चापागाईसहित चारजनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी तुलसीपुर–७ कै निवासी मोतीराम वलीकी आमा ८० वर्षीया वृद्धाको मृत्यु भएको छ । मृतक दुईजनाको भने अझै नाम खुलेको छैन । गाडीमा नौ जना सवार रहेको र अरु घाइते भएको उनले वताए । वडाध्यक्ष जिसीका अनुसार दुर्घटना बिहिबार दिउँसो ४ बजेतिर भएको हो । मृतक चारजनालाई घरमा ल्याउने थालिएको वडाध्यक्ष जिसीले बताएका छन् ।

प्रतिक्रिया