यदुराज मिश्र/नेपालगञ्ज : नेपालगञ्जमा जङ्गली कुट्कीको व्यापार बढेको छ। जङ्गलमा पाइने कुट्की खोजेर ल्याइ त्यसको व्यापार गर्न थालिएको हो।
मनसुनी वर्षापछि तराईका विभिन्न जङ्गलमा कुट्की उम्रिएको छ। स्थानीयले जङ्गलबाट खोजेर ल्याइ बजारमा बिक्री गरिरहेका छन्। प्रति केजी आठ सय रुपैयाँमा कुट्कीको व्यापार गरिरहेको डुडुवा ६ का कैलाश लोनियाले बताए । उनले भारतीय वनबाट कुट्की खोजेर ल्याइ नेपालगञ्जमा बिक्री गरेको जनाए ।
कुट्की एक प्रकारको च्याउ प्रजाति हो। यो जमिनमा डल्लो डल्लो उम्रिएको हुन्छ। कुट्कीको तरकारी अत्यन्त स्वादिलो रहने गर्दछ। जङ्गलमा पाइने अर्गानिक र वर्षको एक सिजन केही दिनमात्रै पाइने तरकारी रहेका कारण जङ्गलमा खोज्न जानेको भिड लाग्ने गरेको छ। यसैगरी, बजारमा यसको माग बढ्दो रहेको छ।
बजारमा ल्याइएको कुट्की धमाधम बिक्री हुने गरेको छ। कुट्की अलि महङ्गो तरकारी रहे पनि यसको महत्व बुझ्नेले धमाधम किन्ने गरेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार