Listen LIVE

एपीएफलाई हराउँदै एभरेष्ट भलिबल क्लब बन्यो तेस्रो

काठमाण्डौ : नवौं पीएम कप एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फ एभरेष्ट भलिबल क्लब तेस्रो बनेको छ। 

पोखरा कबर्डहलमा केहीबेर अघि सकिएको खेलमा एभरेष्टले विभागीय टोली एपीएफलाई ३–१ को सेटमा हरायो।  पहिलो सेट २५–१८ ले जितेको एभरेष्ट दोस्रो सेटमा १०–२५ मा पराजित हुन पुग्यो।

तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै एभरेष्टले २५–१३ ले आफ्नो पक्षमा पा¥यो। चौथो सेट निकै प्रतिस्पर्धात्मक बन्यो। चौथो सेटमा एभरेष्ट २९–२७ को सेटमा विजयी भयो।  महिलातर्फको उपाधिका लागि नेपाल पुलिस क्लब र न्यु डायमण्ड स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुँदैछ। यो खेल आज दिउँसो १२  हुनेछ। 

यस्तै पुरुषतर्फ गण्डकी प्रदेश र हेल्प नेपालले उपाधिका लागि खेल्नेछन्। पुरुषतर्फको फाइनल खेल दिउँसो ३ बजे हुनेछ। 

नेपाल भलिबल संघको आयोजनामा एक साता चलेको प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको थियो। दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउने छन्।

प्रतिक्रिया