Listen LIVE

महिला नेसन्स लिगमा आज दुई खेल

काठमाण्डौ : काभा महिला नेशन्स भलिबल लिगमा आज दुईवटा खेल हुँदैछन्। काठमाडौंमा जारी प्रतियोगिताअन्तर्गत दिउँसो ३ बजे हुने पहिलो खेलमा श्रीलंका र इरान भिड्नेछन्।

खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा हुनेछ। पहिलो खेलमा नेपालसँग ३–० को सोझो सेटमा पराजित भएको श्रीलंका आज पहिलो जितको खोजीमा रहँदा इरान पनि पहिलो जित दर्ता गर्ने ध्याउन्नमा हुनेछ।

इरान पहिलो खेलमा हिजो भारतसँग ४–१ को सेटमा पराजित भएको थियो। आजै साँझ सवा ५ बजे हुने दोस्रो खेलमा भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ।

पहिलो खेलमा इरानलाई हराएको भारत लगातार दोस्रो जितको खोजीमा हुँदा माल्दिभ्स भने आज पहिलो प्रतिस्पर्धाका लागि मैदान उत्रिन लागेको हो।

घरेलु टोली नेपालले भने भोलि भारतसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भारतबीचको खेल भोलि दिउँसो ३ बजे हुनेछ।

प्रतिक्रिया