काठमाण्डौ : आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले कमजोर प्रदर्शन गर्दै आएको छ। खेलेका एकपछि अर्को खेलमा नेपालले पराजय भोगिरहेको छ। पछिल्ला ५ म्याचमा कुनै पनि खेलमा नेपालले जित बटुल्न सकेको छैन।
प्रतियोगिता अन्तर्गत गत फेब्रुअरीमा नेपालमै भएको ४ म्याच र गत सेप्टेम्बरमा क्यानडामा भएका ४ म्याचमा गरी जम्मा एउटा खेल मात्र नेपालले जितेको छ।
घरेलु मैदानमा गत फेब्रुअरीमा नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग २–२ खेल खेलेको थियो। जसमा नेपालले नामिबियासँग दुबै खेल हा¥यो भने नेदरल्याण्ड्ससँग १ खेल जितेर १ खेल हार्न पुग्यो।
नमिबियासँग पहिलो खेलमा ४ विकेट र दोस्रो खेलमा २ विकेटले हारेको नेपालले नेदल्याण्ड्सलाई पहिलो खेलमा २ सय ८ बल बाँकी छँदै ९ विकेटले हराएको थियो भने अर्को खेलमा ८ विकेटको हार भोग्यो।
सेप्टेम्बरमा क्यानडामा भएको टुरमा क्यानडासँग पहिलो खेलमा १ सय ३ रनले तथा दोस्रो खेलमा ५ विकेटले नेपाल पराजित भयो। सोही टुरमा ओमानसँगको एउटा खेल स्थगित भएर नतिजाविहीन हुँदै दुबैले १–१ अंक बाँडे भने अर्को खेलमा नेपाल १ बल बाँकी छँदा मात्र १ रनले पराजित हुन पुग्यो।
अहिले अमेरिकामा ४ मध्ये एउटा खेल सकिएको छ भने दोस्रो खेलमा मंगलबार (आज) नेपालले स्कटल्याण्डसँग खेल्दैछ। अमेरिकाको घरेलु मैदान डालासमा आइतबार राति नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको हो। यो हार जारी प्रतियोगितामा नेपालको सातौँ हो।
नेपालले अघिल्लो संस्करणको पनि सुरुमा खराब प्रदर्शन नै गरेको थियो। कुल ३६ खेलमा सुरुवाती २४ खेल सकिँदा नेपाल ७ वटा राष्ट्रमध्ये पपुवा न्युगिनीभन्दा मात्र माथि थियो। तर अन्तिम १२ खेलमा ११ वटा खेल जित्दै ठूलो छलाङ मार्दै नेपालले युएई , अमेरिका र नामिबियालाई पछि पारेको थियो। त्यत्तिबेला नेपाल ४० अंक सहित तेस्रो हुँदा नेपालभन्दा माथि स्कटल्याण्ड र ओमान रहेका थिए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार