बाजुरा : दशैं नजिकिँदै गर्दा बाजुरासहित सुदूरपश्चिमका किसान धानसहितका बाली काटेर भित्र्याउन व्यस्त भएका छन् ।
धानसँगै कागुनु, झुमरो, चिनो र फापर काट्ने, सुकाउने र चुट्ने कामले गाउँगाउँका खेतबारीमा चहलपहल बढेको छ । मौसमले धोका दिने भएकाले किसानहरू बिहानैदेखि खेतमै खाना खाने व्यवस्था गरेर काममा जुटेका छन् ।
बडिमालिका नगरपालिका–५ का कृषक चुफे चदाराले दशैं अघि अन्न घर भित्र्याउनुपर्ने हतारोले बिहानै खेतमा पुग्ने गरेको बताए । “मौसम बिग्रिए वर्षभरको मेहनत खेर जान्छ,” “उनले भने” ।
कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसी सहानीका अनुसार जिल्लाभर धान पाक्न थालेको छ र यस वर्ष उत्पादन सहज हुने अपेक्षा गरिएको छ । बाजुरामा हाल ७ हजार हेक्टरभन्दा बढीमा धान खेती गरिएको छ ।
2025-09-24
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार