Listen LIVE

नेपालगञ्ज साइकल फेस्टिबलको तयारी शुरु

नेपालगञ्ज : बाकेमा क्रियासिल रहेको सस्था नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गर्दै आइरहेको ”नेपालगञ्ज साइकल फेस्टिबल–२०८२” को तयारी तिब्र रूपमा अगाडि बढाइएको क्लबका सह–सचिव तथा प्रचारप्रसार उपसमिति संयोजक बिष्णु कडेलले जानकारी दिए ।

क्लबका सल्लाहकार तथा पुर्व अध्यक्ष सतिश निरौलाका अनुसार नेपालगञ्ज साइक्लिङ क्लबले नेपालगञ्ज साइकल फेस्टिभल अन्तर्गत मुख्यरूपमा ”नेपालगञ्ज किड्स रेस” र ”टुर डे ठाकुरद्वारा” गरि दुई इभेन्टको आयोजना गर्दै आइरहेको छ ।

निरौलाका अनुसार २०७५ साल बाट आयोजना गरिदै आएको टुर डे ठाकुरद्वारा पश्चिम नेपालमै पहिलो सुरुवात गरिएको साइकलको इभेन्ट हो र यो अहिलेसम्म आईपुग्दा देशकै साइकलको ठुलो इभेन्टका रूपमा स्थापित भएको छ । जुन कार्यक्रममा भारतिय शहरहरु देशको ७ वटै प्रदेशका प्रमुख शहरहरुबाट सहभागिता हुँदै आएको छ । यो कार्यक्रममा सहभागीहरु नेपालगञ्जदेखि बर्दिया ठाकुरद्वारासम्म १०० किलोमीटर साइकल चलाउँदै बाँके र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यहरु भ्रमण गर्नेछन् ।

निरौलाले पर्यटन पर्बधन गर्दै आइरहेको यो इभेन्टले साइकलमार्फत बाँके र बर्दियालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा स्थापित गरेको बताए । कार्यक्रम संयोजक प्रदीप सापकोटाका अनुसार कार्यक्रमको तयारीसँगै क्लब श्रोत ब्यबस्थापनमा जुटिरहेको छ । क्लबका अध्यक्ष कबिराम बुढाथोकी भन्छन् – फागुन ७, ८ र ९ मा आयोजना हुने यो कार्यक्रमले बाँके र बर्दियालाई गुल्जार गर्दै यहाँको पर्यटनमा टेवा पुर्याउने छ ।

यस्तै नेपालगञ्ज फेस्टिभलअन्तर्गत आयोजना गरिने नेपालगञ्ज किड्स रेस फागुन ७ गते आयोजना गरिने छ । जसमा १० बर्ष मुनिका बालबालिकाले साइकल प्रतिस्पर्धामा सहभागी बन्न सक्ने नेपालगञ्ज साइक्लिङ क्लबका प्रथम उपाध्यक्ष तथा किड्स रेस संयोजक सुनिलसिह हमालले जानकारी दिए । नेपाल पर्यटन बोर्डसँगै बाँके र बर्दियाका स्थानीय सरकारले समेत यो कार्यक्रमलाई चासो दिँदै प्राथमिकतामा राखेको पुर्व अध्यक्ष सतिश निरौलाले बताए ।

प्रतिक्रिया