बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका–३, बैरहवामा यही शुक्रबारदेखि कृषि हाट बजार सञ्चालन गर्ने तयारी गरिएको छ । “किसानसँग पालिका अध्यक्ष” कार्यक्रमअन्तर्गत निर्माण गरिएको टहरामा स्थानीय किसानहरूले उत्पादन गरेका फलफूल, तरकारीलगायतका कृषि उपज सहजरूपमा बिक्री गर्न सक्नेछन्।
स्थानीय उत्पादनलाई बजार सहजता दिने उद्देश्यले बैजनाथ गाउँपालिकाले विभिन्न स्थानमा ट्रस टहरा निर्माण गरेको हो। बैरहवामा सञ्चालन हुने कृषि हाट बजारको व्यवस्थापन तथा संरक्षणको जिम्मेवारी नवयुग कृषि सहकारी संस्था लि. बैजनाथलाई प्रदान गरिएको वडाध्यक्ष निखिल बैगारले जानकारी दिए ।
यस बजारको माध्यमबाट किसानहरूले आफ्नै गाउँठाउँमा उत्पादन गरिएका कृषि उपज सहजै बिक्री गर्न पाउनेछन् । जसले स्थानीय अर्थतन्त्रमा टेवा पुर्याउनुका साथै किसानलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।
शुक्रबार बिहान ११ बजे एक औपचारिक कार्यक्रम गरेर कृषि हाट बजार उदघाटन गर्ने कार्यक्रम रहेको छ । उदघाटन कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीसहित बैजनाथका विभिन्न कृषक समुहहरुद्वारा उत्पादन गरिएका तरकारी ल्याउनुका साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई निमन्त्रणा गर्ने लगायत ब्यवस्थापनको सम्पुर्ण तयारी पूरा भएको नवयुग कृषि सहकारी संस्था लि का ब्यवस्थापक धन बहादुर थापाले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार