काठमाण्डौ : विश्वकप छनोटअन्तर्गतका खेलका लागि ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार कतारसँग वार्मअप खेल खेल्दैछ। यो खेल नेपाली समयअनुसार आज दिउँसो सवा ४ बजे हुनेछ।
नेपालले यो दोस्रो वार्मअप खेल खेल्न लागेको हो। यसअघि नेपालले पहिलो वार्मअप खेलमा ओमानलाई पराजित गरेको छ। पर्सिदेखि टी– २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता हुँदै छ । त्यसअघि सहभागी विभिन्न देशहरूबीच वार्मअप खेल भइरहेका छन्।
सोमबार नै मलेसिया र पपुवा न्युनगिनीबीच पनि वार्मअप खेल हुँदै छ । नेपालले छनोट खेलका लागि रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ।
2025-10-06
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार