मुगु : नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा तालमा पर्यटकहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । हाल रारा तालमा आउने पर्यटकहरू विशेष रूपमा घोडचढीमा आकर्षित देखिएका छन् ।
यहाँको सुन्दर प्राकृतिक वातावरणसँगै घोडचढीको अनुभवले आन्तरिक तथा बाह्य पर्यटकहरूको मन जित्न सफल भएको छ । हरेक दिन दर्जनौँ पर्यटक हरू राराको सल्लेरी, आथिल्लो मिली, तल्लोमिली, माझघट्ट, ओखरबोट लगायतका स्थानहरूमा घोडा चढी फोटो खिच्ने गरेका छन् । जसबाट घोडा व्यवसायीले मनग्य आम्दानी गर्दै आएको बताएका छन् ।
रारा ताल घुम्न आउने पर्यटकहरू ताल वरिपरि घोडामा यात्रा गर्दै प्राकृतिक सौन्दर्यको मजा लिन्छन् । स्थानीय घोडा मालिकहरूका अनुसार, घोडचढीमा पर्यटकको चापले उनीहरूको आम्दानीमा पनि उल्लेखनीय वृद्धि भएको छ । यसले गर्दा स्थानीय जनताले रोजगारीको राम्रो अवसर पाएका छन् भने रारा तालमा पर्यटन व्यवसाय फस्टाउँदै गएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार